feedburner
Enter your email address:

Delivered by FeedBurner

feedburner count

योगफल

Labels:



गुँड बनाएर
यही मनको टोड्कामा
आफ्नै तापमा हुर्किएको
मैँसँग थियो एउटा घाउ

एक्लै थियो-
टोलाउँथ्यो
निस्ताउँथ्यो
एक्लो मातमा पुलपुलिँदै
दिनुसम्म दुःख दिन्थ्यो

घाउको यो एकल राजमा
तिमीले थपिदियौ अर्को घाउ

अहिले मेरो घाउ
साथ पाएर तिम्रो घाउको
खुसीमा लहलह छ

एक्लो घाउलाई पनि
जोडी चाहिने रहेछ ।





महिनाको फोटो : रानी पोखरी, रानी र भुराहरू

Labels: ,



रानी पोखरी, इतिहासको ऐनामा माझिएको अनुहार । र मायाको कलिलो आँधी !
एउटा ठिटौले दिनमा जब हिँड्दै थिएँ पोखरीलाई बायाँ बनाएर,  एउटी युवती पोखरीछेउ उभिएर घोरिएको खुबै सुहाएको देखें मैले । ती नानीले माछालाई चारो छर्दै थिइन् पोखरीमा बस्, मेरो क्यामेरालाई पनि चारो मिलिहाल्यो, मैले क्लिक् बजाएँ । 

त्यही फोटो मेरो ब्लगको नयाँ स्तम्भ 'महिनाको फोटो'को पहिलो प्रस्तुतिमा पस्किएको छु  अब हरेक  नेपाली महिनाको पहिलो साता CaFe मा एउटा तस्बिर प्रस्तुत गर्दै जानेछु । फोटो पत्रकारिता आंशिक (पत्रकारिताको सिङ्गो पढाइअन्तर्गत नै केही मात्रामा पाठ्यक्रममा पढ्न पाएको) रूपमा पढेको उपयोगिता र फोटो खिच्ने आफ्नै रुचिबाट डोरिँदै यो स्तम्भ सुरु गरेको हुँ । सारा संसारको दर्शन गराउन नसके पनि देशको कुनै घटना, अवस्था र विशेषताको झलक दिन सकेँ भने मेरो यो प्रयासको फल त्यही हुनेछ ।




देव कोटा !

Labels: , ,



हिलेसम्म पनि नेपाली साहित्यका जरा र केन्द्र हुन् देवकोटा । महाकवि लक्ष्मीप्रसाद देवकोटा । उनै देवकोटा जन्मिएको आज एक सय वर्ष पुगेको छ त्यही अवसरमा उनको शतवार्षिकी विभिन्न कार्यक्रम गरी यस वर्ष देवकोटाको जन्मजयन्ती मनाइँदैछ । विक्रम सम्वत् १९६६ सालमा लक्ष्मीपूजाको दिन जन्मिने देवकोटाको युग बग्दै आएर २००० सालको ६० को दशकमा आइपुग्दा पनि नेपाली साहित्यको ताजको रुपमा जब्बर बन्दो छ । देवकोटाको यो आराधन नयाँ समयको साहित्यमा विकल्पहीनताको कारक हो कि विकल्प हुँदाहुँदै पनि पुरातनप्रेमी मानसिकता हो हाम्रो या हो कालजयी प्रेरणा र आदर्शको स्थापित मान्यता यो बहसको विषय हुन सक्छ ।

तर महाकवि देवकोटा खास अर्थमै देव कोटा बनेर नेपाली साहित्यको देवालयमा देउताको स्थापना लिएर चहकिएका छन् साँच्चै देव कोटा ! त्यति प्रतिभासम्पन्न सिर्जनाको अविरल धारा र सरस्वतीप्रेममा कटिबद्ध पुजारी अहिलेसम्म देखा परेनन् । अब कोही देवकोटा नै त बन्ने छैन त्यस्तै तेज लिएर कोही आएछ भने पनि देवकोटाको केन्द्रअघि त्यो अर्को केन्द्र बनेर रहला ।

यस्ता देवकोटाको शतवार्षिकी उत्सव र जन्मजयन्तीमा उनीप्रति हार्दिक शब्द-सुमन ! यो देवकोटाको जन्मको सय वर्षको अवधि मात्र होइन सिङ्गो नेपाली साहित्यको विवेचना र आकलनको घडी पनि हो । सय वर्षको गणनामा पर्ने अवधिअन्तर्गतमै देवकोटा २०१६ मा महाप्रस्थानमा अलप भए । तर त्यसपछिको गोरेटोको लेखाजोखा भने ऐतिहासिक आयामबाट हुनै बाँकी छ ।

देवकोटा जयन्तीको यो पावन अवसरसँगै जोडिएको लक्ष्मीपूजाको शुभ साइतमा सबैलाई तिहारको शुभ कामना ! शुभ दीपावली !!




Blog Widget by LinkWithin