अहिलेसम्म पनि नेपाली साहित्यका जरा र केन्द्र हुन् देवकोटा । महाकवि लक्ष्मीप्रसाद देवकोटा । उनै देवकोटा जन्मिएको आज एक सय वर्ष पुगेको छ त्यही अवसरमा उनको शतवार्षिकी विभिन्न कार्यक्रम गरी यस वर्ष देवकोटाको जन्मजयन्ती मनाइँदैछ । विक्रम सम्वत् १९६६ सालमा लक्ष्मीपूजाको दिन जन्मिने देवकोटाको युग बग्दै आएर २००० सालको ६० को दशकमा आइपुग्दा पनि नेपाली साहित्यको ताजको रुपमा जब्बर बन्दो छ । देवकोटाको यो आराधन नयाँ समयको साहित्यमा विकल्पहीनताको कारक हो कि विकल्प हुँदाहुँदै पनि पुरातनप्रेमी मानसिकता हो हाम्रो या हो कालजयी प्रेरणा र आदर्शको स्थापित मान्यता यो बहसको विषय हुन सक्छ ।
तर महाकवि देवकोटा खास अर्थमै देव कोटा बनेर नेपाली साहित्यको देवालयमा देउताको स्थापना लिएर चहकिएका छन् साँच्चै देव कोटा ! त्यति प्रतिभासम्पन्न सिर्जनाको अविरल धारा र सरस्वतीप्रेममा कटिबद्ध पुजारी अहिलेसम्म देखा परेनन् । अब कोही देवकोटा नै त बन्ने छैन त्यस्तै तेज लिएर कोही आएछ भने पनि देवकोटाको केन्द्रअघि त्यो अर्को केन्द्र बनेर रहला ।
यस्ता देवकोटाको शतवार्षिकी उत्सव र जन्मजयन्तीमा उनीप्रति हार्दिक शब्द-सुमन ! यो देवकोटाको जन्मको सय वर्षको अवधि मात्र होइन सिङ्गो नेपाली साहित्यको विवेचना र आकलनको घडी पनि हो । सय वर्षको गणनामा पर्ने अवधिअन्तर्गतमै देवकोटा २०१६ मा महाप्रस्थानमा अलप भए । तर त्यसपछिको गोरेटोको लेखाजोखा भने ऐतिहासिक आयामबाट हुनै बाँकी छ ।
देवकोटा जयन्तीको यो पावन अवसरसँगै जोडिएको लक्ष्मीपूजाको शुभ साइतमा सबैलाई तिहारको शुभ कामना ! शुभ दीपावली !!
यस्ता देवकोटाको शतवार्षिकी उत्सव र जन्मजयन्तीमा उनीप्रति हार्दिक शब्द-सुमन ! यो देवकोटाको जन्मको सय वर्षको अवधि मात्र होइन सिङ्गो नेपाली साहित्यको विवेचना र आकलनको घडी पनि हो । सय वर्षको गणनामा पर्ने अवधिअन्तर्गतमै देवकोटा २०१६ मा महाप्रस्थानमा अलप भए । तर त्यसपछिको गोरेटोको लेखाजोखा भने ऐतिहासिक आयामबाट हुनै बाँकी छ ।देवकोटा जयन्तीको यो पावन अवसरसँगै जोडिएको लक्ष्मीपूजाको शुभ साइतमा सबैलाई तिहारको शुभ कामना ! शुभ दीपावली !!


Comments
8 comments to "देव कोटा !"
October 17, 2009 5:10 AM
उ बेला भनेथे -
क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन ।
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन ।।
नेपाली साहित्यमा सबै भन्दा धेरै लेखिएको(प्रतिलिपि सारिएको), सबै भन्दा धेरै पढिएको कविताँश हो यो । देवकोटाको कुरा सबैले (बच्चा देखि बुढासम्म) बुझे तर कसैले बुझेनन् । कति दुखदायक ।
आज भन्दा हुन् -
मेटाई आ'थेँ ति रेखा तप्का मैले ई नै हातले ।
अझै नि तलै रहेका कठै ! नेपाली नै जातले ।।
समर्पण ! देवकोटालाई ।
'नेपाली साहित्यका जरा र केन्द्र हुन् देवकोटा'- चित्त बुझ्यो ।
October 17, 2009 5:11 AM
धन्यवाद धईबा जी,
तपाईंले आजको यस महत्वपूर्ण घडीमा महाकविको बारेमा केही समयसापेक्षिक तवरले दिनु भएको विचार असाध्यै उपयोगी लाग्यो, अनि अबका दिनमा साहित्यमा महाकविको स्थान ओगट्ने नभेटिए पनि आशा गरौँ उनको पथ पहिल्याउने साहित्यकारको उत्पति होस !
अनि शुभकामनाको लागि धन्यबाद र तपाईंलाई पनि तिहारको शुभकामना !!!!!!!!
आशांक उपाध्याय
नेपाल
October 17, 2009 6:43 AM
देवकोटाको शतवार्षिकि के के न हुनुपर्ने !! सम्झिनकै लागि सम्झिएजस्तै भयो देवकोटालाई पनि !!
October 19, 2009 6:56 AM
धाइबाजी, नेपाली साहित्य आकाशका महान तारा महाकवि लक्ष्मी प्रसाद देवकोटाको शतवार्षिकीको यो विशेष अवसर तथा दिपावलीको शुभ उपलक्ष्यमा यहाँको साहित्यिक पाइलाले निरन्तर उन्नतिका पथहरु चुमिरहुन मेरो हार्दिक मंगलमय शुभकामना !
October 19, 2009 8:06 PM
देबकोटाप्रति मेरोपनि श्रद्दा प्रकटछ | स्मृतिमा डोरयाउने काम गरेकोमा धाईवाजीलाई धन्यबाद छ \
October 19, 2009 9:32 PM
महाकविमा हार्दिक श्रद्धाञ्जली!
तिहारको शुभकामना दिन त ढिलो भईयो। आशा छ धाईबाजी र यो ब्लगका पाठकहरु सबैको तिहार रमाईलो भयो होला।
October 20, 2009 1:34 PM
देवकोटामा श्रद्धान्जली !
October 21, 2009 12:50 AM
शुभ दीपावली!
Post a Comment
۞ तपाईँको टिप्पणीले यस पोष्टका लागि निर्णायक अर्थ राख्नेछ, कृपया राय-विचार लेख्नुहोस्-
---(Leave your Comment here)---