ब्लग रुष्ट साहित्यकारकै खेती हो ?
Posted by
Jotare Dhaiba
Labels:
ब्लगिङ,
साहित्य डबली
रेडियो अन्तर्वार्तामा पाहुना भइआएका प्रतिभाशाली युवा पत्रकार गला सफा पार्दै थिए । उनी अखबारका पानामा बढ्ता अपेक्षा गरिने र पढिने लोभलाग्दा नाम मात्र होइनन्, नामी ब्लगर समेत हुन् एक समयका । (यस पोष्टको विषयगत संवेदनशीलताका कारण उनको नाम भने गोप्य राखिएको छ, कृपया माफी दिनुहोला पाठक-मित्रहरूले)।
अहिले पनि फाट्टफुट्ट ब्लग लेख्छन् । तर उनै नामी ब्लगरले ब्लगलाई हेर्ने आफ्नो चश्मा धमिलो र साँगुरो भएको प्रमाण रेडियो अन्तर्वार्तामा दिए । रेडियो प्रस्तोताको प्रश्न भुइँमा झर्नासाथै ती युवा ढुकढुकी प्रस्ट लबजमा जवाफ भर्थे । पत्रकारिता, साहित्य, फिचरलेखन, निबन्ध, कविता हुँदै अन्तर्वार्ताको विषय ब्लगसम्म आइपुगेको थियो । जम्दै थियो वार्ता । अन्तर्वार्ताकार रेडियोकर्मी यो एक बसाइ हाम्रो कुराकानी पूरा गर्न पर्याप्त हुँदैन भनिरहेका थिए । पाहुना बनेर आएका पत्रकार भने सोधेसम्मका कुरालाई सुस्तरी खुलाउँदै थिए । ब्लगबारे गफ सुरु भएपछि उनले कुराकानीकै क्रममा फ्याट्ट भनिदिए- "ब्लग रुष्ट साहित्यकारले आफ्नो सिर्जना पोख्ने ठाउँ भएको छ ।"
सुनेर चसक्क भो मन । उनको लेखनको त्यत्रो ठूलो प्रशंसक-भीडको एउटा सदस्य ठान्थेँ म आफूलाई । वाह, यस्तो पो पत्रकारिता ! यस्तो पो फिचर ! भनेर तारिफको खुला पुल बाँध्थेँ । उनै पुज्य लेखकले एक पङ्क्ति अन्तर्वार्ताको प्रहारले मर्याकमुरुक भाँचिदिए पाठकको मन । ब्लग रुष्ट साहित्यकारकै खेती हो त ? राती प्रसारित उक्त अन्तर्वार्ता सुनेर बिछ्यौनामा ढल्किएपछि पनि निकैबेर जाग्रामले दु:ख दिइरह्यो, आँखा झिमिक्क गर्न मानेनन् । निकै दिनसम्म त्यसको चस्का लागिरह्यो ।
उनको आरोपको सोझै आशय थियो - छापा माध्यममा सहज ठाउँ नपाएको अर्थात् नछापिदिएको झोँकमा साहित्यिकहरू ब्लगमा खनिएका छन्, तिनको बकम्फुसे भावनाका कुराले ब्लग भरिएका छन् । उनी कविताप्रति ठ्याम्मै रुचि नभएका अक्षरप्रेमी हुन्, त्यसै हुनाले अखबारको विशेष बार प्रकाशन हुने परिशिष्टाङ्कको संयोजक तथा फिचर सम्पादकका जिम्मेवारी सम्हालुन्जेल उनले आफू काम गर्ने अखबारमा कवितालाई छिरिक्क ठाउँ दिएनन् । उनले यी कुरा अन्तर्वार्ताकै क्रममा स्विकारेर खुलस्त भने । यस मानेमा भने प्रस्टवक्ताका रूपमा उनलाई मान्नुपर्छ ।
एक त आफू पनि ब्लग लेख्ने मान्छे परेँ, त्यसभन्दा अघि साहित्यिक लेखनमा राम्रैगरी हेलिएर 'केटाकेटी पारा'मा भए पनि हल्काफुल्का साधना गरेको मान्छे । मैले त्यो आरोप आफू र आफू जस्तै ब्लगरको भागमा तेर्सिएको अनुभव गरेँ । अनि तमाम ब्लगरको लस्करलाई पनि यो आरोपको सङ्गीनमा राखेर अड्कलेँ । सबै केही न केही रूपमा, मात्रामा साहित्य लेख्छन्, कवितै भनेर नलेखे पनि तिनका गद्यलेखनमा काव्यिकताको ओज भरपूर देखिन्छ । अहँ, तर रुष्ट साहित्यकार र ब्लगलेखनको साइनो कहाँनेर मेल खान्छ, त्यो आरोप ठ्याम्मै चित्तै बुझेन । रुष्ट साहित्यकार नै र मात्रै ब्लग लेख्छन्, ब्लग लेखनमा मोडिन्छन् त ? जो साहित्यिक छन् र ब्लग लेख्छन्, ति रुष्ट भएरै सबै कुरा छाडेर ब्लगमा हेलिएका हुन् ? आँखीभौँमा पोको परेका सोचाइका लालगेडीहरू फुकेनन्, बरू ती कसिँदै ब्लगिङका पाटाहरू खोतल्नतिर बत्तिन थाले ।
एक त हाम्रा साहित्यिक प्रकाशनहरू सङ्ख्यात्मक रूपमा पनि कति नै छन् र छाप्ने पर्याप्त विकल्प उपलब्ध छ भन्ने प्रश्न छ । अनि भएकाहरूले पनि कति मात्रामा पक्षपातरहित ढङ्गले लेखरचना छनोट गरेर योग्य प्रतिभा र विचारलाई स्थान दिन्छन् भन्ने अर्को मुख टाल्ने प्रश्न उभ्याउन सकिन्छ । अर्कोतिर, साहित्यिकहरूमै आत्मघाती रोग छ, प्रचारप्रसारको सस्तो मोहमा परिमाणात्मक रचनाको बाढी लगाएर हस्-हजुर ट्यास्स टक्र्याउँदै लेखरचना प्रकाशनको लागि सम्पादक र प्रकाशककहाँ बिन्तीभाउ बिसाउन पुग्नु । यस्तो गोटागोटी एकादुई 'प्रतिभाका मुहानहरू'को व्यवहारले आम साहित्यिकहरू र साहित्यिक क्षेत्र नाम त नाम तर बद्नामको रूपमा खातामा चढेको छ । सबै एउटै आँखाले हेरिने रूपमा पत्रु भएर दरिने स्थितिमा पुगेका छन् ।
आफ्नो क्षेत्र हो, यसमै गरिखाने हो भन्ने व्यावसायिक पाटो गाँसिएको भए साहित्यिक क्षेत्र पनि पक्कै स्वच्छ, शिष्ट र अनुशासित हुनेथ्यो होला, सोही रूपले सम्मान र इज्जत पनि यसले चुल्याउँदै लग्नेथ्यो । तर प्रदर्शनपूर्ण सोख र काँचो रहर पूरा गर्ने खुला क्षेत्र बनेपछि लाज न धक जसले जे गरे पनि कुनै हिसाब रहेन । राम्रोसँग साँवा अक्षर फुटाउन नसक्नेले वर्णमालाको किताब निकाले जस्तै हो, कुनै अर्थ र शैली नभई फतफत आवाज जथाभावी उछालिरहनु । भावना र विचार पोख्ने क्षेत्रमा छेकथुन हुनुपर्छ भन्ने कुरै होइन, तर यसमा हेलिनेहरू दुई कौडीको पनि सोच र समझ नहुनेहरू भएकाले सस्तोपनको हिमतह हाम्रो साहित्यिक पर्वतमा बढ्दैछ, जहाँ साँच्चिकै ठोस पर्वतको गरिमा भासिँदै गएको छ ।
अनि ल मानौँ, रुष्ट साहित्यकारहरू नै पैदा भएर देखिए अखबारी आँखामा भने पनि त्यसरी रुष्ट जमात पैदा गर्नमा अखबार, पत्रपत्रिका र प्रकाशनहरूको पनि कत्तिको हात छ भन्ने सवाल उठाउनु जायज छ कि छैन ? कसैप्रति रिसराग र पूर्वाग्रहको तीरकमान नउचाली भन्ने हो भने पनि चिनजानको र नातोगोताको छ भने एउटैको लेखरचना दसचोटि घुमाइघुमाइ छापिदिने निर्विवेकी सम्पादक र जाली प्रकाशकको कुनै कमी छैन नेपाली सञ्चार-प्रकाशनको क्षेत्रमा । धाईधपेडी गरेर एउटा नमस्कार टक्र्याएको भरमा कविता छापिन्छ, कहिल्यै भेटघाट गर्न नसक्ने स्थितिमा कुना-कन्दरामा साधनारत प्रतिभा हेरेको हेर्यै हुन्छ ।
यस्तोमा को ठूलो लेखक भन्नु, कसले जित्यो भन्नु !? प्रकाशनको इतिहास बनाउने कसरतमा त धाइधपेडीमा सस्तो शिष्टाचार भजाएर, यसो अरू टिपनटापन चखाएर असङ्ख्य छपाईकर्म आफ्नो रचनात्मक कर्ममा बटुल्नेले नै लोप्पा ख्वाइसकेको हुन्छ सबैलाई । जहाँ हेर्यो उसैको नाम, जता हेर्यो उसैको जात्रा ! यसरी रुष्ट साहित्यकारहरू छापा माध्यमबाट बढ्दैबढ्दै इन्टरनेट माध्यममा पनि नअँटाएर त्यसबाट पनि विष्फोट हुन खोजे भने के होला हँ कविता नरुचाउने पत्रकार महोदय ? तपाईँलाई व्यक्तिगत रूपमा कविता नरुचाउने हक छ, तर रुष्ट साहित्यकार पैदा गराउने अधिकार पनि कसैले दिएको छेन है तपाईँहरूलाई । कुरा स्पस्ट छ- रुष्ट साहित्यकारहरू राम्रो भएर पनि भनसुन-चिनजानमा नबिकेर रन्थनिएर बसेका हुन्छन्, दुष्ट साहित्यकारहरू आफूमा केही नभएर पनि त्यही नहुनुको दूषित शून्यतालाई काखी च्यापेर साहित्यिक हाटबजारमा आफ्नो प्रदुषणको व्यापार बिगबिगी फैलाएर गरिरहेका हुन्छन् ।
भन्नुस् इर्ष्यालाग्दो लेखनशिल्प भएका युवा पत्रकार,
तपाईँ कसलाई रोज्नुहुन्छ ?
रुष्ट साहित्यकार
या
दुष्ट साहित्यकार ?

Subscribe to:
Post Comments (Atom)

July 18, 2009 12:45 PM
मलाई जहाँसम्म लाग्यो ती ब्लगरले अझै पनि ब्लगलाई राम्ररी बुझ्न सकेका रहेनछन् भन्ने अड्काल काट्न सकिन्छ । फाट्फुट ब्लग लेखेर झुल्के घामजस्तो झुल्किने ब्लगरले कसरी ब्लगलाई अर्थाउन सकेको ?
उनको त्यस्तो वाक्यांशले तपाईजस्तो सिर्जनशिल ब्लगरलाई चस्का पार्नु भनेको स्वभाविक हो जस्तो लाग्छ मलाई ।
July 18, 2009 1:09 PM
यस्ता वाक्यांशले स्वाभाविक रुपमा सबैलाई चोट लाग्छ | प्रष्ट छ, तपाईंले भने झैँ ऊनी "कुनै एक समयका र एउटा निश्चित सर्कलका" मात्र नामी ब्लगर रहेछन |
July 18, 2009 4:07 PM
धाइबा जी मलाई पनि उहाँको भनाइले कही मनमा चिसो पसे जस्तो भयो र उहाँले आफ्नो बिगतका दिनहरु बिर्सिनु भए जस्तो लाग्यो नत्र भने मान्छेले कसरी भुल्न सक्छन कि बालक जन्मेर बामे सर्दै युबक हुन्छ, युबक हुर्किदै प्रौढ हुन्छ र समयको हुरिसगैँ एकदिन असक्त पनि हुन्छ।
मान्छेले जानेर त केही आएको हुँदैन नि। सबैमा कला भन्ने कुरा हुन्छ नै बिधा फरक पर्न सक्छ, कसैले आफु भित्रको कलालाई चिन्न सक्षम हुन्छ त कसैले प्रयास नै गर्दैनन त कसैले चिनेर पनि वास्ता गर्दैनन, होइन र?
त्यसै गरी तपाईंले भनेजस्तै कलालाई पोख्ने माध्यम पनि त उत्तिकै ससक्त हुन जरुरी छ तर त्यो सबैको लागि कहाँ?
त्यसैले त म भन्छु यो ब्लग त हामी जस्ता सिकारु,गुम्सिएका भावनाहरु पोख्ने सिर्जनशिल ब्लगगर हरुको साझा शीतल चौतारी हो जहाँ हामी हाम्रा भावनाहरु बिना संकोच शब्दमा ब्यक्त गर्न सक्छौ र एकआपसमा बिचार हरु आदान प्रदान गर्न सक्छौ र मनलाई शान्ती र दिमागमा सिर्जनाहरुको कसरत पनि गरिरहन सक्छौ साथै ब्लगलाई उत्तिकै ईज्जत र माया पनि दिन्छौ र अन्त्यमा तपाईंको प्रश्नको उत्तर छान्नु पर्दा म त बरु उही सस्तो बजारीकरणमा नबिकिकन निस्चल तरिकाले आफ्नै क्षेत्रफलमा रन्थनिएर बसेका साहित्यकारहरु नै रोज्दा मैले गलत गर्दिन होला।
July 18, 2009 4:40 PM
एउटा हकर बाट जिन्दगी सुरु गरेर आफ्नो संघर्शले माथि पुगेपछी जसरी ऋशी धमलाले पत्रकारितालाई रणबीर सेनामा बुझाए । त्यसरी नै ब्लग्गिङ गर्दै 'पत्रकार' भएका ती महानुभाबले शायद जिन्दगीको पहिलो अन्तर्वार्तामा 'पपुलर' बन्न धमास लगाए । अहिलेलाई यत्ती बुझम् ।
July 18, 2009 4:59 PM
July 18, 2009 4:59 PM
तपाई जस्तो साधकको मनमा यस्ता कुराबाट चिसो पस्नु सोभाबिकनै हो तर यो आफ्नो आफ्नो सोच्ने तरिका होला। कस्ले कुन साधनलाई कसरी उपयोग गर्छ उसको कुरा भो। जे होस ब्लगलाई उपयोग गरेका होलान् केही हद सम्म उनले। उपयोगिताको बढो चलन चलेको छ आजकल हाम्रोमा।
July 18, 2009 7:46 PM
खोइ म त तेस्तै गर्छु क्यारे हा हा।
but printed paper are bound to the limited area but internet is going growth widthly so why people choose internet base now a days जस्तो लाग्छ।
July 18, 2009 10:32 PM
यहाँनेर नचाहँदा-नचाहँदै पनि केहि कुराहरु राख्नु पर्ने देखिएकोले लेख्दैछु ।
हुनत गोरखापत्र, मधुपर्क, कान्तिपुर, स्पेसटाईम आदी नेपालका तात्कालीन नाम चलेका सबैजसो पत्रीकाहरुमा मेरा आधा-अधुरा लेखोटहरु छापिएका छन र एक-दुईवटा राष्ट्रियस्तरमा आयोजना भएका कार्यक्रममा सरीक हुने र पुरस्कृत हुने सौभाग्य पनि प्राप्त गरेको छु तर पनि म आफूलाई साहित्यको स को भेउ नपाएको मान्छेमा गन्छु ।
गएका २ बर्षभन्दा बढि समयदेखी 'ब्लग' लेख्दै आएको छु र ईमान्दारीताकासाथ भन्नु पर्दा मधुपर्कमा रचना छापिदाँ भन्दा ब्लगमा लेखेपछी २ जना साथीहरुको टिप्पणी पढ्दा बढि सन्तुष्टी मिल्छ मलाई ।
यो मेरो नितान्त व्यक्तिगत अनुभव हो तर जहाँसम्म मलाई लाग्छ ब्लग रुष्ट साहित्यकारले आफ्नो सिर्जना पोख्ने ठाउँ हुँदै होईन ।
पहिलो कुरा त 'ब्लग' को अर्थ एकदमै व्यापक छ । ब्लगभित्र साहित्य पनि पर्न सक्छ, तर ब्गल साहित्य मात्रै हुँदै होईन । त्यसैले विद्वान साहित्यकारज्यूले के हिसाबले ब्लगलाई थोकको भाऊमा रुष्ट साहित्यमा राख्नु भयो उनै जानुन ।
अहिलेको ब्लग सूचना, साहित्य, राजनीति, शीक्षा, प्रविधि र समष्टिमा भन्दा ज्ञान कोषको रुपमा विकसीत हुँदै गएको छ यसलाई रुष्ट साहित्यको उपमा भिराउनु भनेको, म त ठाडै ति साहित्यकारको अल्पज्ञानको सूचक हो भन्न हच्कीन्न (तिनी जो सुकै होउन, ब्लगको विबिधता र व्यापकतालाई बुझेका मान्छे भने हैन रहेछन )
हामीकहाँ ईन्टरनेट र यो प्रविधी सुलभ नभएर मात्रै हो हैन भने छापामा लेखेर 'म ठुलो' भन्ने दिन विकसीत मुलुकमा खुईलिसके। विगतका एकदमै नामवाला र चर्चित प्रकाशनगृहहरु विद्युतीय सञ्चारमाध्यसंग प्रतिस्पर्धा गर्न नसकेर पाखा लागेकाछन र त्यहाका घगडान लेखकहरु ब्लग र अन्तर्सञ्जालमा फर्केकाछन ।
धाइबाजीले यहि लेखमा एकदमै प्रष्ट गरीसक्नु भएको छ, म पनि रोज्न पर्यो
दुष्ट साहित्यकार भन्दा रुष्ट ब्लगर नै हुन चाहन्छु !
July 19, 2009 12:06 AM
धाइबा ब्रो, ति साथी को कुरा पनि ठिकै हो म पनि साहित्यकार वा लेखक नै नभये पनि पत्रीकाहरुमा सम्पादक लाई पत्र लेख्थे तर ति पत्रीका वा सम्पादक ले आफुलाई मन पर्ने वा फाईदा हुने चाँही छप्ने अलिकता पनि आलोचना गर्यो कि नछाप्ने गरेकोले रुस्ट भएर आँफै ब्लग गर्न थाले झन राम्रो ब्लग मा त औपचारिकता नि नराखे पनि हुने रैछ
July 19, 2009 2:14 AM
ति सब , आफ्नै आफ्नै भोगाई र अनुभव हो - सायद कुरो भुझ्ने हो भने ति - युवा प्रत्रकार ले आफ्नो भोगाई लाइ प्रस्तुत गरेजस्तो लाग्यो ,तर सबै मा एकै नियम लागू हुदैन | धाइबा जी राम्रो प्रसंग उठाउनु भएको रहेछ | अनि म दिलीप जी को कुरा प्रति सहमत छू | अनि म पनी रोज्न पर्यो दुष्ट साहित्यकार भन्दा रुष्ट ब्लगर नै रोज्छु |
तर मैले ब्लगिङ्ग गरेको रुष्ट भएर होइन - रहरले हो अनि यो मर्भुमिमा अलीकती भए पनी बचेको समय लाइ आफ्नै त्यही रहरमा लगाउने चेष्टा गर्या मात्र हो |
July 19, 2009 6:55 AM
धाइबा जी ,
जस्ले जस्लाई जसरी बुझेको छ त्यसैगरी भन्ने हो । त्यसमा चित्त दुखाएर बहसको लागि राखिदिनु भयो ,बिभिन्न साथिहरुले राय प्रकट गर्नु भएको छ ।बिचारको मन्थन भएरनै ब्लगर रुष्ट साहित्यकार हो कि हैन भन्ने नतिजा निस्कन्छ होला । मेरो ब्यक्तिगत सबालमा चाहि मैले कसै ,कुनै पनि पत्रिकामा मेरो रचना छापिदिनु पर्यो भन्दै गएको छैन कतै बाट सोधनि आयो भने पठाउने मात्र हो , त्यसैले म कसैबाट रुष्ट भएको छैन । भनेपछि उहाँ महोदय को बिचारमा म ब्लगर नै पर्दो रहेनछु जस्तो लाग्यो ।
July 19, 2009 11:56 AM
धाइबा जी, साघुरो दृष्टिकोण हुनेहरु अगाडिको दृश्य स्पष्ट वर्णन गर्न सक्दैनन , तर हामिकहाँ यस्ता धमिला चश्मा भिर्नेहरुको एकछत्र राज़ छ, उनीहरु यो यस्तो र त्यों त्यस्तो भन्दै एउटा लबीको सिर्जना गर्दै बाटो छेक्दै हिडिराहेका हुन्छन । अझ संचार पत्रकारिता (जो अरुलाई सुसुचित गराउछ्न) मा यस्तो बिग्बिगी हुनु दुखद हो। हुन त कुनै पनि विषयलाइ हेर्ने दृष्टिकोण प्रत्येक व्यक्तिको आ आफ्नो बुझाई, उसमा परेको प्रभाव वा उसको व्यक्तिगत दर्शनमा भर पर्दछ, र त्यो उसको अधिकार हो ।यद्यपि कतिपय धारणा सार्वजनिक गर्दा कस्तो सन्देश प्रसारण हुन्छ र समग्र अर्थले कतिको असर गर्न सक्छ भन्ने हेक्का राखेको भए हुन्थ्यो।
July 20, 2009 6:09 AM
"छोटा बढ्यो भने भारी फुर्ति लगाउछ" भनेको यही हो धाइबा जी। बुझ्नेलाई यतिनै काफी होइन र?
July 20, 2009 8:00 PM
July 20, 2009 8:02 PM
ती मित्र आफ्नै 'कुवा'को 'भ्यागुता' बनेरै रमाईरहेका रहेछन् अझै। लेख्ने भनेकै कविता वा साहित्यमात्रै हो भन्ने काँचो मानसिकता रहेछ अझै तिनको। यस मानेमा तिनको मानसिक विकास यथेष्ट भईसकेको रहेनछ अझै। साहित्य ब्लगको एक भाग हुनसक्छ तर यो नै ब्लगको सम्पूर्णता होईन। परम्परागत साहित्यले ठ्याक्कै कुनै एक विधामा राख्न नसक्ने गरी लेखिएका कुराहरुको बाहुल्यता छ ब्लगमा। ब्लग एउटा बिल्कूलै फरक र नयाँ साँस्कृतिक मान्यता हो। अरु कुराका पूरातनपन्थीहरु जस्तै लेखनका पूरातनपन्थीहरु पनि नयाँ संस्कार-नयँ विचारसंग डराऊँछन्, आफ्नो सुती-खेतीको अन्त्य हुने भयले हुनसक्छ।
अर्कोतिर, माथि धाइबाजी र अरु साथीहरुले पनि लेखिसक्नुभयो कि नेपाली प्रकाशन उद्योगले चाहिनेभन्दा बढी 'रुष्ट साहित्यकार' जन्माईरहेको छ। प्रकाशित हुन मात्रै पनि नाता, चिनजान वा यथेष्ट दाम हुनु अनिवार्य जस्तै छ। यो स्थितिमा केहि त्यस्ता 'रुष्ट साहित्यकार'हरु पाठक र आत्मसन्तुष्टि खोज्न ब्लग जगतमा जानु स्वाभाविक हो। तर ब्लगमा परम्परागत प्रकाशन उद्योगमा राम्रै पकड भएका र 'रुष्ट' भाव नभएका साहित्यकार पनि धेरै छन्। ती मित्रको एकांगी दृष्टिकोण देखेर दया लाग्यो। ब्लगको दुनियाँमा अघि बढ्ने आफ्नो ह्याऊ नभएपछिको हीनताबोध हुनसक्छ तीनको।
रुष्ट साहित्यकार सप्पै ब्लगमा गए भने पनि, गए त गए, तीनलाई के को टाउको दुखाई?!
अन्त्यमा, ब्लगमा सार्वजनिक रुपमा नमिलेपनि धाइबाजीसंगको कुनै ब्यक्तिगत कुराकानीमा भने सोध्ने मन छ, को रहेछन् ती 'माइ का लाल' भनेर।
July 21, 2009 1:30 AM
सायद मैले तपाईँले ईँगीत गर्नुभएका ब्लगर उनै हुन् । उनका कुरा के कति ठिक के कति गलत भन्ने कुरा विश्लेषण गर्ने बेला थोरै चाहिँ हेर्नैपर्छ हाम्रो नेपाली ब्लगीङको ट्रेन्ड । थोरै ब्लग बाहेक अधिकाँस त त्यस्तै अन्य माध्यममा ठाउँ पाउन नसकेका अक्षर भर्ने ठाउँ बनेका छन् भन्न भने मलाई अप्ठ्यारो लाग्देन । केहि राम्रा र साँचा ब्लगहरु छन् र तीनले गर्नुपर्ने जति काम त गरिरहेको उदाहरण त बेला बेला छापामा पनि आउने गर्छ तर ब्लगको परिभाषा भने यहाँ उल्लेख भएजस्तो पक्कै ह्वैन जस्तो धाइवाजीले चर्चा गर्नुभएका पत्रकारको परिभाषा जस्तो । यसमा मेरो पनि विमति ।
July 22, 2009 9:00 PM
वाह ! कताकता लाग्यो यो लेखको पत्रकार/ब्लगर पात्र मै हुँ । : )
तर सार्वजनिक र आमरुपमा प्रसारित रेडियो कार्यक्रममा गरिएका टिप्पणीमाथि टिप्पणी गर्दा सम्बन्धित मान्छेको नामैमात्र लिन पनि लेखकलाई अप्ठेरो परेको देख्दा मलाई ताज्जुब लाग्यो ! एउटा प्रतिस्ठित माध्यमबाट प्रसारित, समाजमा गइसकेको कुरोका भाग चाहि कथित 'विषयगत संवेदनशीलताका कारण..गोप्य' राख्न बाध्य भएका लेखकले ठ्याक्कै त्यसैगरी नभनिएको कुरोलाई चाहि एउटा मनगढन्तेका झै आफै सिर्जना गरेर, त्यो पनि उद्धरण चिन्ह भित्र राखेर, अनि त्यो कुन प्रशगमा भनिएको हो चटक्कै विर्सिएको नाटक गरेर, उल्लेख किन गरे, थाहा पाउन सकिन । आफ्नो स्वार्थ पुर्ति हुने खालले मैले बोलेको वाक्यको पनि आधा भाग (जो आफैमा गलत त छदैछ) मात्र निकालेर अनि त्यसैमा आधारित भएर ब्लग सिर्जना गर्दा नामी लेखक बनिन्छ भन्ने लागेको भए मेरो भन्नु केही छेन ।
खैर धन्यवाद विचार प्रस्तुत गरेकोमा ।
तर मैले गर्ने पत्रकारितामा चाहि विचार तथ्यमा आधारित हुन्छ । जब कसैले भनेको भन्दै कुराहरु उद्धरणमा राखिएका हुन्छन् ती ठ्याक्कै र वास्तवमै भनिएका हुन्छन् । त्यसमा तोडमरोड हुदैन । प्रष्ट्याउनका लागि केही लेखिन्छ भने त्यसलाई कोस्टभित्र राखिन्छ । जसले आफूलाई लेखक हुँ भन्छ त्यसलाई एउटा जावो उद्धरण चिन्हको काम, उपयोगिता, अर्थ र महत्व थाहा हुदैन या छैन या भएर भनि नभएको नाटक गर्छ भने त्यसको लेखाइलाई कागजमा हुदो हो त गुज्मुज्याएर नालिमा फाल्न सकिन्छ । साथै वक्ताले कुन कुरा कुन परिवेश, प्रशगमा भनेको हो त्यो पनि लेखक या सम्वादाताले प्रष्ट्याउनु सामान्य नियम हो ।
यो ब्लगको दोस्र अनुच्छेदको अन्तिम वाक्यमा यो कोट छ-
ब्लगबारे गफ सुरु भएपछि उनले कुराकानीकै क्रममा फ्याट्ट भनिदिए- "ब्लग रुष्ट साहित्यकारले आफ्नो सिर्जना पोख्नेा ठाउँ भएको छ ।"
कुराकानीकै क्रममा भनिएको हो ? पक्कै हो । अनि फ्याट्ट भनिएको हो ? त्यो चाहि यी लेखक महोदयको कल्पनामा मात्र हो । त्यो अन्तर्वार्ताको त्यो निश्चित प्रश्नोत्तरीमा ब्लग शब्दको उच्चारण गर्नु अगाडी एउटा लामो पृष्ठभूमी र परिप्रेक्षको उल्ल्ख गरेको थिए । त्यसै शिलशिलामा म ब्लगमा प्रवेश गरेको थिए, फ्याट्ट होइन ।
July 22, 2009 9:02 PM
त्यो प्रश्नोत्तर अन्तर्वार्ताको लगभग चौतिसौँ मिनेटमा शुरु हुन्छ जब एउटा गीत (नदीहरुमा तिमी पवित्र गङ्गा हौ…) सकिएपछि कार्यक्रम सञ्चालक मधु भन्छन्-
यो सुमधुर गीत मैले यहाहरुलाई सुनाए मित्रहरु परिशिष्टमा मार्फत । आफ्नो पनको आभास दिने तपाइहरुको आफ्नो रेडियो सीटी ९८.८ हो यो र हामीसँग हुनुहुन्छ दिनेश वाग्ले । दिनेश वाग्ले सँगको कुराकानी यहाँहरुले सुनिरहनु भएको छ । धेरै कुरा छन् । नव पुस्तामा केके कुरा आएको छ त । साहित्यसँग जोडिएका कस्ता कस्ता कुराहरु पनि हुनसक्ता रहेछन् यो मात्रै मैले आज यहाहरुसमक्ष प्रस्तुत गर्न खोजेको हुँ । र मैले जति सोचेको थिए त्यति भन्दा निकै बढी कुरा दिनेशजीले भनिसक्नु भएको छ ।
बेब साइटका कुरा पनि बेलाबेलामा निस्कन्छन् । अहिले आफ्ना सिर्जनाहरु आफ्नो वेब साइट बनाएर र अरुका सिर्जनाहरु पनि त्या भित्र राख्न मिल्ने गरी वेब साइटहरु निर्माण गर्ने निकै गतिलो गरि आएको छ यो चलन अहिले । यहा पनि पक्कै जोडिनु भाछ त्यो सँग । मैले सुनेको छु । त्यसैका बारेमा केही कुरा गरौ ।
दिनेश: इन्टरनेट चाहि ९० को दशकदेखि अझ भनौ नेपालमा चाहि मध्यदेखि, ९५/९६ देखि प्रचलनमा आउन थाल्यो । र २००० पछि जसलाई डटकम बबल भनेर अमेरिकामा भनिन्छ जो पड्कियो भनिन्छ किनकी त्यतिबेला इन्टस्ट्रीहरु डाउन भए । तर नेपालमा पनि त्यो बेलादेखि इन्टरनेटको प्रयोग बढी हुन थाल्यो ।
अहिले चाहि पाठकहरु इन्टरनेटका प्रयोगकर्ताहरु बढी शक्तिशाली हुन् भन्ने कन्सेप्ट आएको छ । वेब २.० । इन्टरनेटको दोस्रो सस्करण भनेर भनिन्छ । त्यसमा चाहि के भने म एउटा सडकमा हिड्ने मान्छे हुँ, मेरो इन्टरनेटमा पहुँच छ, भनेपछि म आफ्ना कुराहरु प्रकाशित गर्न सक्छु । त्यहा जुनै पनि हिसावले गर्न सकिन्छ । जस्तो कि, शब्द प्रकाशित गर्न सक्छु, तस्बिर प्रकाशित गर्न सक्छु, भिडियो प्रकाशित गर्न सक्छु । अहिले परम्परागत मिडियामा भएका सबै कुराहरु रेडियो, टीभी, पत्रिका सबै इन्टरनेटमा अटाउछन् । त्यसका लागि वेब साइट खोल्नुपर्ने भो । वेब साइट खोल्न पनि वितेका कयौ बर्षहरुमा चाहि सजिलो भएर गाछ । प्राविधिक जानकारी, एचटीएमएल जानकारी लिइरहनु पर्छ भन्ने छैन । जानुस् तपाई हटमेल जीमेल जस्ता इमेल निशुल्क सेवाहरु खोलेजस्तै गरेर गइदिनुस इन्टरनेटमा गएर एउटा ब्लग खोलिदिनुस्, वेब लग भनिन्छ । त्यसलाई छोटकरीमा चाहि ब्लग भनिन्छ । डायरी हो बेसिकल्ली त्यो इन्टरनेटमा प्रकाशित हुने जो चाहि २००३ मा अमेरिकाले इराकमा आक्रमण गर्दाखेरी चाहि बढी विश्वभरी ख्याती पायो किनकी त्यहा नन जर्नालिस्ट गैह्र पत्रकारले चाहि त्यो माध्यमको प्रयोग गरेर युद्धमा भएका कुराहरु बाहिर ल्याइदिएपछि धेरैलाई त्यो माध्यमकोबारे जानकारी भयो ।
July 22, 2009 9:04 PM
अब अहिले चाहिँ त्यो चाहिँ घरायसी गृहिणीदेखि लिएर पत्रिकामा निबन्ध या कविता नछापिने रुष्ट साहित्यकारहरु सबैले त्यो चाहि माध्यम बनाएका छन् । र ठुला ठुला साहित्यकारहरुले पनि आफ्नो वेब साइट खोलेर त्यहा नियमितरुपमा लेख्ने गरेका छन् । त्यो चाहि एकदमै जादुमयी नै हो प्रकाशनको एकखाले माध्यम जसले पिपुलहरुलाई इम्पावर गरेको छ । मान्छेलाई बढी शक्तिशाली तुल्याएको जस्तो लाग्छ । त्यसमै हामीले पनि २००४ देखि चाहि वेबसाइटहरु खोलेर त्यहा चाहि आफ्ना डायरीहरु राख्न थालेको । पत्रिकामा के भने रिपार्टरले चाहि धेरै ठाउमा गइन्छ, मान्छेहरु भेटिन्छ, सोर्ससँग इन्टरभ्यूहरु गरिन्छ । सबै चाहि पत्रिकामा अटाउदैनन् र लेख्ने ऊ पनि हुँदैन । र अर्को चाहिँ हामी नेपालीमा पत्रिकामा काम गर्छौ अनि अग्रेजीमा लेख्ने रहर । त्यही भएर हामीलाई चाहि वेब साइट खोलेर, ब्लग भनौन, ब्लग खोलेर लेख्न थाल्यौ । त्यहा चाहि बेसिकल्ली फिक्सनल पनि हुन्छ ननफिक्सनल पनि हुन्छ ।
मधु: दुबै किसिमका राइटिइ हुन्छन्….
दिनेश: हुन्छन् । एउटा फिक्सनल कथा लेखेर पोष्ट गरिदिनुस भइहाल्यो । रिपोर्टिङ छ त्यसलाई धेरै फोटो राखेर, सानो भ्यू राखेर हालिदिनुस् त्यो पनि भइहाल्यो । तपाइ आफै सम्पादक हो त्यहा, तपाइ आफै रिपोर्टर हो, तपाइ आफै बस हो । तपाइले एक क्लिक गरेपछि त्यो पब्लिस भइहाल्यो । लाखौ, इन प्रिन्सिपल चाहि करोडौँकोमा पुग्छ । कतिले पढ्छन् कतिले पढ्दैनन् भन्ने कुरा चाहि तपाइले त्यसमा कस्तो कन्टेन्ट दिनुभाछ, कति विश्वसनिय दिनु भाछ, त्यसमा भरपर्छ ।
……………..
लौ मैले भनेको चाहि त्यस्तो हो ।
अब अहिलेचाहि त्यो चाहि घरायसी गृहिणीदेखि लिएर पत्रिकामा निबन्ध या कविता नछापिने रुष्ट साहित्यकारहरु सबैले त्यो चाहि माध्यम बनाएका छन् । र ठुला ठुला साहित्यकारहरुले पनि आफ्नो वेब साइट खोलेर त्यहा नियमितरुपमा लेख्ने गरेका छन् ।
---------------
तर अब यी लेखक महोदयले तेस्रो अनुच्छेदमा मानौ मैले नै भनेजस्तो भान पर्ने गरी प्रश्न गरीटोपल्छन्- ब्लग रुष्ट् साहित्यकारकै खेती हो त ?
मैले ब्लग रुष्ट साहित्यकारकै "खेती" हो भनेको छु र ?
July 22, 2009 9:06 PM
चौथो अनुच्छेदमा उनी आफ्नो भावनालाई मेरो मुखमा हालिदिन्छन् यसो भन्दै मानौकी तिनले मेरो मनको कुरा खोतल्न हार्वार्डबाट विद्यावारिधि गरेका छन्-
"उनको आरोपको सोझै आशय थियो - छापा माध्यममा सहज ठाउँ नपाएको अर्थात् नछापिदिएको झोँकमा साहित्यिकहरू ब्लगमा खनिएका छन्, तिनको बकम्फुसे भावनाका कुराले ब्लग भरिएका छन् ।"
आरोप ? आरोपको अर्थ थाहा छ नि हैन ? मैले त्यहा जानकारी दिएको छु, जानकारीलाई पुष्टि गर्न उदाहरण दिएको छु । र त्यसलाई नेपाली भाषामा आरोप भनिदैन लेखकजी । पक्कै, ब्लगलाई अल्टर्नेटिभ या न्यू मिडिया भनिन्छ जो मेनस्ट्रिम या मुलधारको मिडियाको विकल्पकारुपमा आएको छ । त्यसैले मुलधारका मिडिया (एमएसएम) मा नछापिए साहित्यकार होस या रिपोर्टर होस या गृहीणी बैकल्पिकमा गए के भयो ? तर जव यी लेखक महोदय मैले भनेको भान पर्ने गरी "बकम्फुसे भावनाका कुराले ब्लग भरिएका छन्" भन्छन् तिनले मेरो भनाइ हैन आफ्नै लेख सम्झिएको हुनुपर्छ ।
त्यही अनुच्छेदमा उनी मेरो बारेमा भन्छन्- "उनी कविताप्रति ठ्याम्मै रुचि नभएका अक्षरप्रेमी हुन्" । कल्ले भन्यो लेखक महोदय तपाइलाई । ननिदाईकन अनतर्वार्ता सुनेको भए मैले त्यहाँ कविता पढ्दिनँ, मन पर्दैन भनेको थिएँ । र त्यो "ठ्याम्मै रुची" नभएको भन्दा फरक कुरा हो । अब लेखक लेख्छन्- "त्यसै हुनाले अखबारको विशेष बार प्रकाशन हुने परिशिष्टाङ्कको संयोजक तथा फिचर सम्पादकका जिम्मेवारी सम्हालुन्जेल उनले आफू काम गर्ने अखबारमा कवितालाई छिरिक्क ठाउँ दिएनन् ।"
>>> आम्मै हो, नाम लिन के साह्रो गाह्रो परेको । 'कान्तिपुरको कोसेली' भनिएको होइन जसको बारेमा उक्त रेडियो अन्तर्वार्तामै प्रष्ट उल्लेख भाकै हो । र यो सही हो मैले कवितालाई कोसेलीमा निरुत्साहित गरको र त्यो विचारमा म अझै अडिग छु ।
July 22, 2009 9:08 PM
अनि पाँचौँ अनुच्छेदमा तिनी भन्छन्-
"रुष्ट साहित्यकार नै र मात्रै ब्लग लेख्छ्न्, ब्लग लेखनमा मोडिन्छन् त ?"
कि त यी लेखकले सपना देखेको हुनुपर्छ कि कोरा कल्पना तिनको पेशा हुनुपर्छ । कुनै पनि होस भएको मान्छेले मेरो अन्तर्वार्ता पुरा सुनेपछि "रुष्ट साहित्यकार [ले] मात्रै ब्लग लेख्छोन् [या उनीहरु मात्र] ब्लग लेखनमा मोडिन्छन्" भन्ने अर्थ निकाल्न सक्दैन । मैले त्यही वाक्यमा उदाहरणकारुपमा भनेको गृहिणीको पनि नाम लिएको छ जो शायन यी महान् लेखकको कानसम्म पुगेन कि ? मैले सँगै भनेको छु- ठुला ठुला साहित्यकारहरुले पनि आफ्नो वेब साइट खोलेर त्यहा नियमितरुपमा लेख्ने गरेका छन् ।'
त्यो चाहि यिनले किन चटक्कै बिर्सिएको नाटक गरेका हुन् ? पत्रकारले पनि पत्रिकामा नअटाएका/लेख्न नमिल्ने या नसक्ने कुरा ब्लग या कुनै पनि वेबसाइटमा लेख्छन् भनेर मैले आफ्नै उदाहरण सोही अन्तर्वार्तामा दिएको थिए । यि लेखकले धन्न मैले 'ब्लग पत्रिकामा ठाउँ नपाएका रुष्ट सम्वादाताहरुको भडास पोख्ने ठाउँ' भनेको भनि दाबी चाहि गरेनछन् । खुशी लाग्यो ।
अब तिनी मलाई प्रश्न गर्छन्- यसरी रुष्ट साहित्यकारहरू छापा माध्यमबाट बढ्दैबढ्दै इन्टरनेट माध्यममा पनि नअँटाएर त्यसबाट पनि विष्फोट हुन खोजे भने के होला हँ कविता नरुचाउने पत्रकार महोदय ?
>प्राविधिक उत्तर खोजिएको हो भने छापा माध्यमको भन्दा फरक इन्टरनेटमा कागज र मसि चाहिदैन, यहा बाइट्स र पिक्सेलको खेल हुन्छ जो लगभग असिमित छ । लेख्नेलाई त्यहा प्रस्सत ठाउ छ ।
भावनात्मक उत्तर चाहि यस्तो- कविले पत्रिकामा प्रकाशनको लोभ गर्ने होइन । सक्नेले किताव निकाल्ने, टन्न बेच्ने र नाफा कमाउने । नसक्नेले चुपचाप त्यसैमा चित्त बुझाउने । कसैले समाजसेवाका लागि कविता या कथा या निबन्ध या उपन्यास लेख्ने हैन क्यारे । त्यस पछाडि लेखक आफ्नै गहिरो चाहना या इगो लुकेको हुन्छ । फेरी नेपालमा हरेक दोस्रो मान्छे कवि । कविता लेखेकै हुन्छ उसले । अनि जसलाइपनि आफ्नो कविता अब्बल दर्जाको लाग्ने नै भयो । माधव घिमिरे पनि कवि ८ कक्षामा लभ परेर ९ मा ट्रयाजिडि परेको ठिटो पनि कवि । अनि कविता नछापिदा १० कक्षामा पुग्दा सम्म केटो हाम्रा लेखकले प्रयोग गरेको लजवमा भन्ने हो भने 'रुष्ट साहित्यकार' । भयो अब ?
कविता नराख्नुमा मेरो सोझो तर्क थियो- कविता बुझ्ने सामर्थ ममा छैन । अनि एक करोड २५ लाख नेपाली कविका कवितामध्ये सातामा एउटा छान्ने हुती पनि ममा छैन । त्यसैले मैले भनेँ कविता छाप्दिनँ । फेरि म पत्रकार, रिपोर्टिड्मै मात्र आफ्नो दखल छ । कविता कुन राम्रो-नराम्रो भन्नेमा छैन ।
अर्को कुरा पत्रिकामा कुन कुरा राख्ने या कुन नराख्ने भन्ने विश्वव्यापीरुपमा सम्पादक या सम्बन्धित परिशिष्ट-प्रमुखको तजविजको कुरा हो । उसले पनि समाजसेवाकारुपमा यो विषय राख्ने या यो नराख्ने भन्दा पनि पाठकले कुन बढी चाहन्छन् या कुन् चाहे पनि नदिदा खासै फरक पर्दैन जस्ता कुरा ध्यानमा राखेर निर्णय गर्छ । पत्रिकामा आएन भन्दैमा रुष्ट हुने कथित साहित्यकार के साहित्यकार ? अनि अरुको आयो मेरो आएन भन्दै डाहमा डुब्छ कोही भने त्यो के लेखक ?
लेखक फेरि मलाई सोध्छन्-
तपाईँ कसलाई रोज्नुहुन्छ ? रुष्ट साहित्यकार या दुष्ट साहित्यकार ?
मेरो उत्तर- कृपया म कसैलाई रोज्दिनँ । म साहित्यकारलाई पढ्छु ।
July 26, 2009 6:29 AM
ओहो धाइबा जी यहाँ त यत्रो जमघट र महत्वपूर्ण कुराहरु पो भैसकेछ। सरी है म ढिलो आइपुगेकोमा । मलाई लाग्छ ब्लग भनेको आफ्नो पर्सनला डायरी जस्तै हो जसले जस्तो कुरा पनि लेख्न पाउने अधिकार छ चाहे त्यो साहित्य होस या अरु कुनै बिषय । "भावना र विचार पोख्ने क्षेत्रमा छेकथुन हुनुपर्छ भन्ने कुरै होइन, तर यसमा हेलिनेहरू दुई कौडीको पनि सोच र समझ नहुनेहरू भएकाले सस्तोपनको हिमतह हाम्रो साहित्यिक पर्वतमा बढ्दैछ," यो कुरा सत्य नै हो तर महासय ज्यू को यो रुष्ट साहित्यकार मात्रै ब्लग लेख्छ्न् भन्ने कुराबाट तपाइजस्तो प्रतिभावान ब्लगर मात्रै होइन धाईबा जी हामी जस्ता सिकारुको भावनामा पनि ठेस आउने काम गराएको कुरा नकार्न सकिदैन ।
महासय ज्यूको साहित्य यात्रामा अझै निखार आवोस प्रेसमै भएपनि ।
July 26, 2009 7:11 PM
तपाईंको धारणा प्रति पूर्ण समर्थन छ | मान्छेलाई अत्यन्तै धनीपनाले छोप्तै गएपछि उसभित्र सैतानको बिकास भएजस्तै वा भनौ आफ्नै आमाको दुध चुसेर हुर्केको पशु आमा नचिन्ने बने जस्तै त्यो बिचरा पत्रकार भित्रपनि वैयक्तिक कमजोरीका यस्तै बैचारिक
छिट्टाहरू अन्तर्वार्ताका क्रममा ओकलिए होलान | उसलाई के थाहा त्यहाँ धईवाजी जस्तो संबेदनशील अर्को साहित्य प्रेमी पत्रकार पनि छ भन्ने !
यस्तै हो धईवाजी, मैले भने यसलाई कुनै महत्वपूर्ण अन्तर्वार्ताको रूपमा स्विकारिन र यसले कुनै महत्व राख्ला जस्तो पनि लागेन |
तर तपाईंको आक्रोश पनि अस्वाभाविक चाहीं होईन |
July 30, 2009 10:09 AM
अब रमाइलो लाग्न थाल्यो । दिनेश दाजुका कुरा आफ्नोतिर ठिक हुनुहुन्छ र धैवजी पनि । अब ब्लगकै बारेमा भएको कुरा भएको हुँदा यसो गर्दा कसो होला ? दिनेश दाइसँग त्यो अन्तर्वार्ताको रेकर्ड त अवश्य नै होला । त्यसमा ब्लगका बारे गरिएको छलफलको अङ्श सीधै राखिए कसो होला ? खासमा यो बहसले त्यतिबेला सार्थकता लेला । नत्र दुवै ब्लगरको कुरै त हो भन्दा के फरक पर्ला र ? हामीले सुनेका त छैनौँ नै ।
*************************
र दिनेश दाई, साह्रै चित्त दुख्ने कुरा गर्नुभयो । "अनि एक करोड २५ लाख नेपाली कविका कवितामध्ये..." यसको अर्थ के हो ? के यसको अर्थ हरेक नेपाली कवि हो भन्न खोज्नुभएको हो ? या यति कविता आउँथे पत्रिकाका लागि भनेर सुनाउनुभएको ? यस्तो पक्कै होइन होला । (((लेखी टोपल्ने सबै कवि हुँदैनन् जसरी गुनगुनाउने सबै गायक या कलाकार हुँदैनन् । र कैलेकाहीँ छापिने बकवास गन्थन भन्दा नबुझिने कविता कता हो कता जाति हुन्छ । हैन र ?))) त्यसो नहुँदा पनि एउटा जिम्मेवार र बुज्रुक पत्रकारले कविता बुझ्दिन भन्दा के कुरा के कुरा.. जस्तो अनुभव भयो ।
तथापि एउटा कुरा के मान्छु भने मूलधारका माध्यममा नअटाएका कुरा ब्लगको रुपमा आउँन सक्छन् र यहि नै ब्लग हो । बनाउँदा दायरा फराकिलो बनेको हो ।
July 31, 2009 8:48 AM
कुरा गर्यो कुरै को दु:ख हुन्छ । कुनै एउटा व्यक्ति ले केही भन्यो भन्दैमा पहाडै खस्यो भनेर तर्सिनुपर्ने केही कुरा छैन । जसका दिमाग ले जति भ्याउँछ, उसको सामर्थ्य जति छ, त्यति नै भन्ने हो । अत: यस्ता कुरा मा व्यर्थ को विवाद गरिरहनु आवश्यक छ जस्तो लाग्दैन ।
जसले जे भने पनि ब्लग को आफ्नो छुट्टै संसार छँदै छ, पहिलो ब्लग र ब्लगर भन्दैमा हुने केही होइन । अनि यहाँ जति नै विवाद गरेपनि, आफ्नो विचार नै ठूलो हुन्छ र आफूलाई सच्याउन सकिँदैन ।
मानिदिउँ न त, ब्लग रुष्ट साहित्यकार कै खेती हो । खासमा भन्ने हो भने, उनले पनि ब्लग सुरु गरेको इतिहास सोध्दा भन्छन्, ज्ञानेन्द्र ले रुष्ट बनाएर ब्लग बनाएका रे ! हे मित्र हो, यी रुष्ट पत्रकार ले पनि पत्रिका मा लेख्न नपाएपछि ब्लग मा लेख्न थालेका हुन् । अनि अहिले ठूला गफ दिए नि ! उसबेला पत्रिका मा लेख्न पाउने भए, यिन्ले ब्लग लेख्दैनथिए । त्यो त अहिले पनि प्रमाणित भएकै छ नि, उनका ब्लगमा पोष्टहरु अत्यन्तै पातला हुन्छन् । त्यसैले यस्तो सानो कुरा मा विवाद नगरौँ, सबैले ब्लग गर्नु पछाडि आ-आफ्नै इतिहास छन् ।
July 31, 2009 6:25 PM
मलाई लाग्यो अब रुपेशजी कै शव्दभावमा छु म - रुपेश : र दिनेश दाई, साह्रै चित्त दुख्ने कुरा गर्नुभयो । "अनि एक करोड २५ लाख नेपाली कविका कवितामध्ये..." यसको अर्थ के हो ? के यसको अर्थ हरेक नेपाली कवि हो भन्न खोज्नुभएको हो ? या यति कविता आउँथे पत्रिकाका लागि भनेर सुनाउनुभएको ? यस्तो पक्कै होइन होला । (((लेखी टोपल्ने सबै कवि हुँदैनन् जसरी गुनगुनाउने सबै गायक या कलाकार हुँदैनन् । र कैलेकाहीँ छापिने बकवास गन्थन भन्दा नबुझिने कविता कता हो कता जाति हुन्छ । हैन र ?))) त्यसो नहुँदा पनि एउटा जिम्मेवार र बुज्रुक पत्रकारले कविता बुझ्दिन भन्दा के कुरा के कुरा.. जस्तो अनुभव भयो ।
तथापि एउटा कुरा के मान्छु भने मूलधारका माध्यममा नअटाएका कुरा ब्लगको रुपमा आउँन सक्छन् र यहि नै ब्लग हो । बनाउँदा दायरा फराकिलो बनेको हो । (मैले पनि धाइबा जी , कृष्णपक्ष ,बसन्त गौतम जी , रुपेश जीहरुको ब्लग हेरेर ब्लगप्रति झुकाव देखाएको थिएँ केही नयाँ अनुभव बटुल्न ब्लगमा र माथिका डिस्कस वा विचारले यो ब्लग प्रति झन् सकरात्मक बनें । ब्लगलाई रुष्ट साहित्यकारहरुको खेती भन्नेहरु आँफैमा रुष्ट छन् साहित्यसँग । कृपया ! बोल्ने आफ्नो अधिकारलाई अरुको भावनामा चोट पुर्याई नबनाउनुहोस् ।)
Post a Comment